दफा ७३
कर्मचारी युनियन
(१) मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्नेछन्।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत व्यवस्थापिका–संसद सचिवालयमा कायम रहेको कर्मचारी यूनियनले यो ऐन प्रारम्भ भएको तीस दिनभित्र यूनियनको विधान र कार्य समितिका पदाधिकारीहरुको नामावली सहित निवेदन दिएमा सचिवालयले त्यसलाई कर्मचारी यूनियनको
मान्यता प्रदान गर्नेछ ।
(३) यस दफा बमोजिम गठित कर्मचारी युनियनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) कर्मचारीको हक हित संरक्षण एवं सम्वद्र्धन गरी व्यवस्थापिका–संसद सेवालाई प्रभावकारी र गतिशील बनाउन सचिवालयलाई रचनात्मक सुझाव र सहयोग प्रदान गर्ने,
(ख) व्यवस्थापिका–संसद सेवासँग सम्बन्धित कानूनको विषयमा सचिवालयलाई सुझाव दिने,
(ग) कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित मागहरु सचिवालय समक्ष प्रस्तुत गरी आपसी सम्वाद र सहमति कायम गर्ने ।
(४) कर्मचारी युनियनको निर्वाचन, गठन तथा सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।